+
+
Shares

फ्लाइट नपाएपछि नेपालगञ्जमै रोकिए डा. केसी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १७:१०

५ असोज, काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं फर्किने विमान नपाएपछि सोमबार नेपालगञ्जमै रोकिएका छन् ।

जुम्लाबाट काठमाडौं फर्किन सोमबार नेपालगञ्जसम्म एम्बुलेन्समा आएका उनले काठमाडौं फर्किने विमान नपाएपछि नेपालगञ्जमै अनशनलाई निरन्रता दिएका छन् ।

उनका सहयोगी डा. प्रवीण गिरीका अनुसार केसीलाई भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको डा. गिरीले जानकारी दिए ।

जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडेका थिए ।

दुई वर्षअघि आफू अनशन बसेका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड भएको भन्दै केसीले यस वर्ष पनि त्यस्ता गतिविधि नहोस् भनेर काठमाडौं जान लागेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?