Comments Add Comment

कोरोना महामारीका कारण गोरखाका २५ सय घरधुरीले बत्ती बाल्न पाएनन्

७ असोज, गोरखा । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण गोरखामा विद्युतीकरणको काम प्रभावित भएको छ ।

गत आर्थिक बर्ष जिल्लाका बिभिन्न ठाउँका करिव २५ सय घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्य रहे पनि उक्त योजना अहिलेसम्म पूरा हुन नसकेको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

‘बारपाक र खरिबोटमा पोल गाडेर तार टाग्ने काम सम्पन्न भइसक्यो, ट्रान्सफर्मर पनि राखिसक्यौं,’ कार्यालय प्रमुख माधव न्यौपानेले भने, ‘टेष्ट गरेर बत्ति बाल्ने काम मात्र बाँकी छ तर लकडाउनले समस्या बनायो ।’

सौरपानी र स्वाँरामा पनि पोल गाड्ने र तार टाँग्ने काम सकिइसकेको छ । ट्रान्सफर्मर जडानको काम भने बाँकी छ । कार्यालय प्रमुख न्यौपानेका अनुसार लाप्राकको नयाँ वस्ती र घ्याच्चोकको धन्सिरामा पनि पोल राख्ने काम सकिएको छ ।

‘यी सबै ठाउँमा गत आर्थिक वर्षमै बत्ती बाल्ने टार्गेट थियो, तर लक डाउनले गर्दा कामदार भएनन्, कोरोनाको डरले बाहिरबाट कामदार ल्याएर काम गराउँछु भन्दा स्थानीय नै मानेनन्,’ न्यौपानेले भने ।

यो काम रोकिँदा ग्रामीण क्षेत्रका सर्वसाधारणको बिजुली सपना पछि धकेलिएको छ । नयाँ विद्युतीकरण भएका सबैजसो क्षेत्रमा करिव ६० देखि ८० प्रतिशत काम सम्पन्न भइसकेको र मंसिरसम्म बत्ती बाल्ने न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment