Comments Add Comment

गेमिङ कम्पनीमा किन साढे ७ अर्ब डलर खर्चिँदै छ माइक्रोसफ्ट ?

काठमाडौं । डिजिटल गेमिङ इन्डस्ट्रीमा गुगल र एप्पल भन्दा माइक्रोसफ्ट सदैव अगाडि रहँदै आएको छ र त्यसको एउटा प्रमुख कारण उसको एक्सबक्स गेमिङ कन्सोल हो ।

गेमिङ उद्योगमा आफ्नो पकडलाई अझै मजबुत बनाउनका लागि माइक्रोसफ्टले साढे ७ अर्ब डलर खर्चिएर गेमिङ कम्पनी जेनिम्याक्स मिडिया खरीद गर्दैछ ।

जेनिम्याक्स मिडिया लोकप्रिय गेमिङ स्टुडियो बेथेस्डा सफ्टवक्र्सको मातृ कम्पनी हो जसका लागि माइक्रोसफ्टले ठूलो रकम खन्याउँदैछ । आखिर माइक्रोसफ्टले बेथेस्डा तथा एक्सबक्सका लागि किन दाउ लगाउँदैछ त ? यसका केही कारणहरु छन् :

  • बेथेस्डा सफ्टवर्कस् निकै सफलता प्राप्त गरिरहेको लोकप्रिय गेमिङ स्टुडियो हो ।
  • बेथेस्डालाई खरीद गरी आफ्नो क्लाउड गेमिङ सर्भिस एक्सबक्स गेम्स पासमार्फत् महत्वपूर्ण छलाङ मार्न चाहन्छ माइक्रोसफ्ट ।
  • गुगल र एप्पल दुबैसँग आफ्नै क्लाउड बेस्ड गेमिङ सर्भिस छन् । जसमा एप्पलको आर्केड र गुगलको गुगल स्टाडिया हुन् । बेथेस्डा खरीद गरी माइक्रोसफ्टले यस दौडमा आफूलाई पहिलो नम्बरमा राख्न चाहन्छ ।
  • माइक्रोसफ्टले हालै प्रोजेक्ट एक्स क्लाउड लञ्च गरेको थियो । जुन एक क्लाउडमा आधारित स्ट्रिमिङ्ग गेमिङ सर्भिस हो । हाल २२ वटा देशमा उपलब्ध यो सर्भिस बेथेस्डा खरीदसँगै तीव्र गतिमा विस्तार गर्ने लक्ष्य माइक्रोसफ्टले राखेको छ ।
  • माइक्रोसफ्टको हालैको एक दाबीअनुसार उसको गेम पासका सब्सक्राइबरको संख्या १ करोड ५० लाख छ । नयाँ खरीद सम्झौतासँगै यो संख्या अझै बढ्ने उसको दाबी छ ।
  • यो सम्झौतासँगै माइक्रोसफ्ट एक्सबक्सको विभिन्न टाइटलहरुमा पहुँच हुनेछ । जसले एक्सबक्स प्रयोगकर्ताहरुलाई थप उत्साहित र सन्तुष्ट बनाउनेछ । योसँगै माइक्रोसफ्टसँग २३ वटा गेम स्टुडियो हुनेछन् ।
  • बेथेस्डा खरीदसँगै माइक्रोसफ्टले अर्को प्रतिस्पर्धी कम्पनी सोनीलाई पनि पछि पार्नेछ । किनकी योसँगै गेमिङ जगतका अधिकांश टाइटलहरु एक्सबक्स एक्सक्लूसिभ हुनेछन् ।
  • बेथेस्डाका सर्वाधिक लोकप्रिय गेमहरुमा द एल्डर स्क्रोल्स, फलआउट, डूम, क्वेक, उल्फेन्स्टाइन तथा डिसअनर्ड हुन् । अब यी माइक्रोसफ्टका सम्पत्ति बन्नेछन् ।
  • योसँगै अब माइक्रोसफ्टका लागि गेमिङ डेभलपमेन्टमा काम गर्ने जनशक्तिको संख्या ५ हजार पुग्नेछ । जुन विश्वका कुनैपनि कम्पनीका लागि ठूलो संख्या हो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment