७ असोज,काठमाडौं । इटालियन क्लब युभेन्ट्सले स्पानिस परवार्ड अल्भारो मोराटालाई अनुबन्ध गरेको छ । युभेन्ट्सले मोराटालाई स्पानिस क्लब एट्लेटिको मड्रिडबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
२७ वर्षीय मोराटाले यस सिजनको अन्त्यसम्मका लागि सिरी ए क्लबसँग सम्झौता गरेका छन् । युभेन्ट्सले मोरोटालाई अनुबन्ध गर्न ला लिगा क्लबलाई १० मिलियन युरो तिर्नेछन ।
यस्तै सिरी ए च्याम्पियन युभेन्ट्सले मोरोनाको लोन अवधी एक वर्ष बढाउन सक्नेछ वा उनलाई किन्न पनि सक्नेछ । सम्झौता अनुसार युभेन्ट्सले मोराटालाई स्थायी खेलाडी बनाउने विकल्प समेत छ तर त्यसका लागि ४४ मिलियन युरो तिर्नुपर्नेछ । यस्तै युभेन्ट्सले फेरि लोनमै राख्न चाहे १० मिलयन युरो अर्को सिजन तिर्नुपर्नेछ ।
मोराटा दोस्रो पटक युभेन्टसमा अनुबन्धित भएका हुन् । यसअघि उनले २०१४ देखि २०१६ सम्म युभेन्ट्समा खेलेका थिए । त्यसपछि उनले रियल मड्रिड र चेल्सीबाट स्थायी रुपमा खेले । एट्लेटिकोमा सुरुमा १८ महिनाको लोन अवधी बिताएपछि उनले जुलाई १ मा मात्रै स्थायी सम्झौता गरेका थिए ।
मोराटाले गत सिजन एट्लेटिको मड्रिडका ६१ खेलमा २२ गाल गरेका थिए ।
प्रतिक्रिया 4