+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

प्रधानमन्त्रीलाई कांग्रेसको अपील : डा. केसीको जीवन रक्षा गर

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १८:०८

७ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई अपील गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै वार्ता टोली गठन गरेर डा. केसीसँग इमान्दार वार्ता र सार्थक कार्यान्वयनको तदारुकताका साथ प्रस्तुत हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् । जुम्लामा पुगेर २९ भदौमा अनसन बसेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।

प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते सरकारले गरेको सम्झौता उल्लंघन नभएको भए अहिलेको परिस्थिति नआउने कांग्रेसले बताएको छ । उसले भनेको छ, ‘डा. केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।’

साथै उसले काठमाडौं आएपछि जबरजस्ती ट्रमा सेन्टरमा लैजानुले सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर भएको कांग्रेसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?