
७ असोज, काठमाडौं । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4