+
+
Shares

हेटौंडामा सडक डिभिजनले २१ कम्पनीसँगको ठेक्का तोड्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते २०:३९

७ असोज, हेटौंडा । सडक डिभिजन हेटौंडाले सम्झौता अनुसार निर्माण योजना पूरा नगर्ने २१ निर्माण कम्पनीसँगको ठेक्का तोडेको छ ।

सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका निर्माण कम्पनी सम्पर्कमा नआएको भन्दै बुधबार ठेक्का तोडेको सूचना सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०६५/०६६ देखि आर्थिक वर्ष २०७०/०७१ सम्मका ठेक्का सम्झौता गरेर काम नगर्ने कम्पनीसँगको ठेक्का तोड्दै सडक डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ बमोजिम बैंक जमानत जफत गरी बाँकी कामको रकम सरकारी बाँकी सरह असुल गर्ने जनाएको छ । त्यस्तै ती निर्माण कम्पनीलाई कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको सडक डिभिजन हेटौंडाका प्रमुख सुमन योगेशले बताए ।

मकवानपुर, बारा र पर्सा जिल्लाका विभिन्न योजनाको ठेक्का तोडिएको उनले जानकारी दिए । डिभिजन सडक हेटौंडाले मकवानपुरका ७ वटा निर्माण कम्पनी, पर्साका ६ वटा कम्पनी, बारा जिल्लाका ३ कम्पनी र काठमाडौंका एक निर्माण कम्पनीसँगको ठेक्का तोडेको हो ।

निर्माण कम्पनीले सम्झौताको म्याद समाप्त भई पटक पटक म्याद थप गरेर पनि लामो अवधिसम्म सम्झौता बमोजिम कार्य सम्पन्न नगरेकोले ठेक्का तोड्ने निर्णय गरेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

डिभिजनले ठेक्का लिएर काम नगर्ने थप केही निर्माण कम्पनिहरुलाई पनि छनौट गरी कारवाहीको दायरामा ल्याउने बताएको छ । केही समयमा अन्य निर्माण कम्पनीको पनि सार्वजनिक सूचना जारी गर्ने र कालो सूचीमा राख्न पत्राचार गर्ने प्रमुख योगेशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?