Comments Add Comment

चेल्सी र आर्सनल अन्तिम १६ मा, हाभार्टको ह्याट्रिक

८ असोज, काठमाडौं । लण्डन क्लबद्वय चेल्सी र आर्सनल काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

यसै सिजन क्लबमा अनुबन्ध भएका जर्मन खेलाडी काभ हाभार्टको ह्याट्रिक प्रेरित चेल्सीले च्याम्पियनसिप क्लब बाम्सलेलाई ६-० ले पराजित गरेको हो ।

हाभार्टले खेलको २८औं मिनेटमा गोल गर्द चेल्सीका लागि पहिलो गोल गरेका थिए । ५५औं र ६५औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । यस्तै चेल्सीका लागि टी अब्राहमले १९औं रोस बार्कलेले ४९औं र ओलभिर जिरुडले ८३औं मिनेटमा गोल गरे ।

चेल्सीले अब अन्तिम १६ मा टोटनहम हट्सपर र लेयटन ओरिएन्टको विजेतासँग खेल्नेछ ।

उता आर्सनलले प्रिमियर लिग प्रतिस्पर्धी लेस्टर सिटीलाई २-० ले हरायो । आर्सनलका लागि एडवार्ड एनकेतिहले खेलको अन्तिम समयमा गोल गरे । त्यसअघि ५७औं मिनेटमा लेस्टरका क्रिस्टियन फुथले आत्मघाती गोल उपहार दिँदा आर्सनलले अग्रता बनाएको थियो । आर्सनलले अब अन्तिम १६ मा लिभरपुल र लिनकन सिटीबीचको विजेतासँग खेल्नेछ ।

प्रिमियर लिगकै क्लब एभरटन र न्यूकासल युनाइटेडले पनि फराकिलो जितका साथ काराबाओ कपको अन्तिम १६ मा स्थान बनाएका छन् । एभरटनले तेस्रो श्रेणीको फ्लिटउड टाउनलाई ५-२ ले पराजित गर्‍यो । एभरटनका लागि रिचार्लिसनले २ तथा एलेक्स इओवी, बर्नार्ड र मोइसिस केनले १-१ गोल गरे ।

यस्तै न्यूकासलले चौथो श्रेणीको मोरेकाम्बेलाई ७-० ले हरायो । न्यूकासलका लागि जोएलिन्टनले दुई गोल गर्दा अल्मिरोन जाकोब मर्फी आइसाक हेडन जमल लासेलेस ले एक एक गोल गरे । लाभेले एक आत्मघाती गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment