Comments Add Comment

भारतमा ५७ लाख नाघे कोरोना संक्रमित

८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ५७ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३२ हजार ५१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८६ हजार ५०८ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९१ हजार १४९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट एक हजार १२९ जनाको मृत्यु भएको छ । भारतमा ४६ लाख ७४ हजार ९८८ संक्रमित निको भइसकेका छन् ।

भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अमेरिकामा अहिलेसम्म ६९ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

मृत्यु संख्यामा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई लाख एक हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३८ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment