+
+
Shares

कोरोना परीक्षण गर्न यो हदको सास्ती, अस्पताल परिसरमै ओच्छ्यान

विकास श्रेष्ठ/आर्यन धिमाल विकास श्रेष्ठ/आर्यन धिमाल
२०७७ असोज ८ गते १८:०७

८ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना परीक्षण गर्न कतिसम्म सास्ती ब्यहोर्नुपर्छ भन्ने थाहा पाउन टेकु अस्पताल जानुपर्छ । जहाँ कोरोना परीक्षण गर्न सर्वसाधारण राति नै ओच्छ्यानसमेत लिएर पुग्छन् ।

सोमबारबाट सुरु भएको झरी थामिएको छैन । कुनै बेला दर्के पानी पर्छ त कुनै बेला सिमसिमे । बिहीबार बिहान पौने चार बजे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्दा पनि पानी परिरहेको थियो ।

तर झरीको परवाह नगरी मानिसहरु लाइनमा थिए । कोही छाता वा प्लास्टिक ओढेर लाइनमा थिए त कोही रुझेरै उभिरहेका थिए । कसैले आफ्नो पालो चिन्न ढुंगा र इँटा राखेका छन् ।

पानी परेका बेला लाइन बस्न नसकेपछि लाइनमा राखिएका ढुंगा र इँटा ।

अस्पतालको प्रांगण र कुर्सीमा लाइन बस्न पाएकाहरु भने निदाउने प्रयासमा थिए ।

पछिल्ला दिनहरुमा टेकु अस्पतालमा पीसीआर टेष्ट गराउनका लागि यसरी नै लाइन लाग्ने गरेको छ ।

रातभर लाइन बस्दा पनि पालो नपाएपछि लगातार तीन दिन धाउनेहरु पनि भेटिएका छन् ।

लाइन बसेकै भरमा पीसीआर टेष्ट भइहाल्छ भन्ने पनि छैन । पीसीआर टेष्टका लागि स्वाब संकलन गर्न प्रोटोकल तोकिएको छ । त्यसमा परेकाहरुको मात्र स्वाब संकलन हुन्छ । तर घरबेटीले कोठामा छिर्न पीसीआर रिपोर्ट मागेपछि रातभर लाइनमा बस्नु परेको उनीहरुले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?