Comments Add Comment

अफगानिस्तानमा तालिबानद्वारा २८ प्रहरी मारिए

८ असोज, काठमाडौं । अफगानिस्तानको उरुज्गान प्रान्तमा तालिबानका लडाकुद्वारा २८ प्रहरी मारिएका छन् । उरुज्गानका गभर्नरका प्रवक्ता जेरगाइ एबादीले जानकारी अनुसार मंगलबार राति चेकप्वाइन्टमा आक्रमण गरी तालिबानका लडाकुहरुले २८ स्थानीय र राष्ट्रिय प्रहरीलाई आत्मसमर्पण गरे घर जान दिने प्रस्ताव गरेका थिए । तर, उनीहरुबाट हतियार खोसेपछि उनीहरुले सबैको हत्या गरेका थिए ।

तालिबानका प्रवक्ता कारी मोहम्मद युसुफ अहमदीले यो आक्रमणको जिम्मेवारी लिँदै उनीहरुले आत्मसमर्पणको लागि अस्वीकार गरेपछि गरिएको आक्रमणमा उनीहरु मारिएको दाबी गरेका छन् ।

अर्का एक स्थानीय अधिकारीले नाम नबताउने शर्तमा तीन प्रहरीले भने त्यहाँबाट भागेर आफ्नो ज्यान बचाउन सफल भएको जानकारी दिएका छन् । यद्यपि अफगानी सुरक्षाकर्मीले उक्त चेकपोस्टलाई पुनः आफ्नो नियन्त्रणमा लिएको एबादीले जानकारी दिएका छन् ।

यसअघि आइतबार राति पनि तालिबानी लडाकुले गरेको आक्रमणमा १४ अफगानी सुरक्षाकर्मीको मृत्यु भएको थियो । अफगानिस्तानको सरकार र तालिबानको बीचमा कतारको राजधानी दोहामा वार्ता जारी रहेको अवस्थामा तालिबानले यस्तो आक्रमण गरेको हो । मुलुकमा जारी २० वर्षे युद्धविरामको लागि दुई पक्षको बीचमा एक साताभन्दा लामो समयदेखि वार्ता चलिरहेको छ ।

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment