Comments Add Comment

भक्तपुरका दुई होल्डिङ सेन्टर बन्द

८ असोज, भक्तपुर । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टर बन्द गराएको छ ।

कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा जेठ २३ गतेदेखि हालसम्म फर्किएका प्रदेश १ र २ का नागरिकलाई सेनाको टोलीले विमानस्थलबाट ल्याई भक्तपुरका दुई होल्डिङ सेन्टरमा राखेर मात्रै सम्बन्धित जिल्ला पठाउँदै आएको थियो ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैटमा प्रदेश १ का नागरिकलाई र मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वैटमा प्रदेश २ का नागरिकलाई राखिँदै अएको थियो ।

नेपाली सेनाको वीरदल गणका गणपति शिव पौडेलले सरकारको नियमानुसार अब विदेशबाट फर्किएकालाई होल्डिङ सेन्टरमा राख्नुपर्ने अवस्था नभएकाले दुवै सेन्टर बन्द गरेर निर्मलीकरण गरी बैंक्वैट सञ्चालकलाई बुझाएको जानकारी दिए ।

सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गरी चार वटै सुरक्षा निकाय सेन्टरको सुरक्षा एवं व्यवस्थापनमा खटिएका थिए । भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक परिचालन गरिएको थियो ।

हालसम्म प्रदेश १ का १४ हजार ४९ र प्रदेश नं २ का १० हजार २४९ जना गरी कूल २४ हजार २९८ जनालाई यहाँका सेन्टरमा राखेर पठाइएको कर्णेल पौडेलले जानकारी दिए  ।

सेन्टर बन्द भएपछि सुरक्षा फौजको टोलीले सफा र निःसङ्क्रमण गरी पूर्ववत् रुपमा बैंक्वैट जिम्मा लगाएको इम्पेरियर बैंक्वैटका सञ्चालक रोमन शिलाकारले जानकारी दिए । उनले सेन्टर बनाएवापत बैंक्वैटलाई नाफारहित रुपमा सामान्य खर्च र टुटफुट भएका सामानको क्षति सरकारले उपलब्ध गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment