Comments Add Comment

नेपाल र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच फोनवार्ता

८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र स्वीट्जरल्याण्डका समकक्षी साइमोनेटा सोमारुगाबीच बिहीबार साँझ फोनवार्ता भएको छ ।

दुई राष्ट्रपतिबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि दुबै देशले चालेको कदमबारे चर्चा भएको छ ।

राष्ट्रपति भण्डारीले दुई दशेको मूत्रिपूर्ण सम्बन्धको चर्चा गर्दै मुस्किलको घडीमा गरेको सहयोगका लागि स्वीट्जरल्याण्डलाई धन्यवाद दिएकी छन् ।

स्वीस राष्ट्रपति सोमारुगाले आगामी वर्ष हुने माउन्टेन अल्पाइन कन्भेन्सनमा सहभागी हुन नेेपाली क्षमकक्षी भण्डारीलाई आग्रह गरेकी छन् । जवाफमा राष्ट्रपति भण्डारीले पनि सगरमाथा सम्वादका लागि नेपालले दिएको निम्तो स्मरण गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment