Comments Add Comment

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमित मृत्यु

९ असोज, बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।

मिर्गौलाका रोगी समेत रहेका उनको बिहीबार स्वाब संकलन गरिएकोमा शुक्रबार बिहान संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए । संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहान मात्रै उनी अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment