Comments Add Comment

तरकारीको मूल्य २८ प्रतिशतले बढ्यो, गेडागुडीको मूल्य उच्च

९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य उच्च वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०७७/७७ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनक गर्दै महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य अत्यधिक बढेको बताएको हो ।

राष्ट्र बैंकका अनुसार २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेकोछ । २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले बताएको छ ।

उता उपभोक्ता मुद्रास्फीति भने ५० प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । शुक्रबार सार्वजनिक अध्ययन प्रतिवेदन अनुसार २०७७ साउनमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । साउनमा  खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment