१५ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र टनेलमा उत्पादन भएको सानो गोलभेँडाको ३० रुपैयाँ कायम गरिएको छ।
रातो आलु (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो र मुढे) ५३ रुपैयाँ, भारतीय रातो आलु ५७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५७ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो ११० रुपैयाँ, तराईको गाजर ८० रुपैयाँ, स्थानीय बन्दा ३० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ कायम गरिएको छ।
बोडी तने ७० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, स्थानीय घिउ सिमी १२० रुपैयाँ, हाइब्रिड घिउ सिमी १०० रुपैयाँ, राजमा घिउ सिमी १५० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तीते करेला ७० रुपैयाँ, लौका ७० रुपैयाँ, परवर (स्थानीय र तराई) ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो डल्लो फर्सी ८० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सक्खरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
हरियो सागसब्जीतर्फ रायो साग र पालुङ्गो प्रतिकिलो २०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ, कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ कायम भएको छ।
यसैगरी कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, सजिवन ३०० रुपैयाँ, जिरीको साग २०० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ५०० रुपैयाँ, सौफको साग २०० रुपैयाँ, पुदिना ४०० रुपैयाँ, गान्टेमूला २०० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १८० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दशहरी आँप प्रतिकिलो २००–२०० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय काँक्रो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकलक्रस काँक्रो ४० रुपैयाँ, स्थानीय नास्पाती ८० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, लप्सी ६० रुपैयाँ, एभोकाडो ८०० रुपैयाँ, अमला २८० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ कायम गरिएको छ।
मसलाजन्य तथा अन्य कृषिउपजतर्फ नेपाली ड्रागन फ्रुट प्रतिकिलो ४०० रुपैयाँ, अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ९० रुपैयाँ, बुलेट खुर्सानी ८० रुपैयाँ, माछे खुर्सानी ७० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन १५० रुपैयाँ, हरियो धनियाँ ३५० रुपैयाँ, चाइनिज सुकेको लसुन २४० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ, सुकेको छ्यापी २०० रुपैयाँ, सुकेको माछा १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३००–३०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।
प्रतिक्रिया 4