+
+

‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ भन्दै प्रदर्शन गर्नेहरु पक्राउ

चन्द्र आले चन्द्र आले
२०७७ असोज १० गते १२:५५

१० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघर मण्डलामा मध्याह्न भेला भएर प्रदर्शन गरेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारीले बोकेको प्रधानमन्त्री ओलीको तस्वीर अंकित पोस्टरमा ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको थियो ।

प्रदर्शनमा उत्रिएकाहरु डा. गोविन्द केसीका समर्थकहरु हुन् । डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?