+
+

कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १० गते १४:१३

१० असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सैनिक जवानको मृत्यु भएको छ ।

बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई कोरोना संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ ।

जङ्ग्गी अड्डाका अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?