Comments Add Comment

१२०७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ७२४

१० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा ४११ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।

यस्तै मोरङका ७८ जना, रुपन्देहीका ७३, बाँकेका ३०, दाङका २८, पर्साका २४, सुनसरीका २३, काभ्रे र मकवानपुरका १७/१७ जना, सिन्धुली र डोटीका १५/१५ जना, अछामका १३, चितवनका १२, सप्तरीका ११, कास्की र नवलपरासीका १०/१० तथा झापा, धादिङ, रामेछाप र बर्दियाका ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट र रोल्पाका ६/६ जना, गुल्मी, प्युठान र दार्चुलाका ५/५ जना, धनुषा, बारा, सर्लाही, सिन्धुपाल्चोक, तनहुँ र स्याङ्जा ४/४ जना, गोरखा, कपिलवस्तु र पाल्पाका ३/३ जना, भोजपुर, नुवाकोट, अर्घाखाँची र बझाङका २/२ जना तथा उदपयपुर, सोलुखुम्बु, महोत्तरी, सिराहा दोलखा, नवलपुर, लमजुङ, बाग्लुङ, सल्यान, कञ्चनपुर र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment