Comments Add Comment

छायांकार जावेद शाहको निधन

७० बर्षको उमेरमा छायांकार जावेद शाहको निधन भएको छ । उनले बुधबार काठमाण्डौको क्षेत्रपाटीस्थित आफ्नै घरमा निधन भएको हो । उनको, बिहिबार मुस्लिम परम्परा अनुसार अन्तिम दाहासंकार गरिएको हो । शाहको श्रीमती र दुई छोरा छन् ।

नेपाली चलचित्रमा सफल छायांकारको रुपमा परिचित शाहले चलचित्र ‘भाग्य रेखा’ खिचेर छायांकनमा काम अगाडि बढाएका थिए । उनी, रुसमा चलचित्र सम्बन्धी अध्ययन गरेर फर्किएका थिए ।

शाहले ‘विजय पराजय, यूगदेखि यूगसम्म, चोखो माया, सीमाना, प्रतिज्ञा, जमिन, नातेदार, प्रतिक्षा, ज्वाला, अवतार’ लगायतका चलचित्र खिचेका छन् । चलचित्र ‘मनको टुक्रा’मा काम गरेपछि उनले चलचित्रको छायांकन गरेका थिएनन् । उनी, पछिल्लो समय पारिवारिक जीवन बिताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment