Comments Add Comment

पलले फिल्मको छायांकन सेड्यूल कसरी मिलाउलान् ?

नायक पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको पर्खाइमा छ । गतबर्षको फागुणमा नै रिलिज हुनुपर्ने यो चलचित्र कोरोनाका कारण पछि धकेलियो । अब, यो चलचित्र कहिले रिलिज हुन्छ पक्का छैन ।

यस्तै, पलले नै अभिनय गरिरहेको चलचित्र ‘२ नम्बरी’को छायांकन पनि रोकिएको छ । यो चलचित्रको छायांकन फागुणबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ । पलले, चलचित्रको बाँकी रहेको छायांकनका लागि फागुणपछि समय दिनुपर्नेछ ।

यो विचमा, उनले चलचित्र साइन गरिरहेका छन् । उनले, दशैं र तिहारको विचमा छायांकन हुने भनिएको चलचित्र ‘रेड वाइन’लाई पनि समय दिनुपर्नेछ । यस्तै, उनी अभिनित अर्को चलचित्र ‘हृदयभरी’ पनि रिलिजको पर्खाइमा छ । यसका लागि पनि पलले समय दिनुपर्ने हुन्छ ।

पलले चलचित्र ‘हुतुतु’ पनि साइन गरेका छन् । पलले चलचित्र ‘तिमी सँगै हुने मन छ’का लागि मौखिक सहमती गतबर्ष नै जनाइसकेका हुन् ।

अर्कोतिर, चलचित्रसँगै पलले म्यूजिक भिडियोका लागि पनि बोली दिइरहेका छन् । यसरीहेर्दा, पलको हातमा प्रोजेक्ट नै प्रोजेक्ट छ । लकडाउन खुले लगतै सबै चलचित्रका निर्माताले काम अगाडि बढाउने भएकाले पनि पललाई सेड्यूलको समस्या हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment