
११ असोज, गोरखा । गोरखा नगरपालिका–८ खल्लुवोटेस्थित नेपाल राष्ट्रिय भूपू सैनिक विद्यालयले नयाँ भवन पाएको छ । शीघ्र प्रभाव आयोजना अन्तर्गत नेपाली सेनाबाट विनियोजित २५ लाख रकमबाट उक्त भवन निर्माण भएको हो ।
नव निर्मित चार कोठे भवनको आइतबार एक कार्यक्रमकाबीच नेपाली सेनाका ३ नम्बर बाहिनीपति सागरबहादुर थापाले उद्घाटन गरेका छन् । नवनिर्मित भवनको संरक्षण गर्न आग्रह गर्दै थापाले यस्तो खालको कार्यले नेपाली सेना र नागरिकबीचको सम्बन्धमा थप सुधार हुने बताए ।
रणसिंह दल गणका गणपति उज्वल केसीका अनुसार २०७६ साल पुष महिनाबाट भवन निर्माणको काम सुरु गरिएकोमा ९ महिनामै भवन निर्माणको काम सम्पन्न भएको हो ।
नेपाल राष्ट्रिय भूपू सैनिक संघ गोरखाबाट सञ्चालित उक्त विद्यालय कक्षा ६ सम्म सञ्चालित छन् । जहाँ करिब २ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4