Comments Add Comment

दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनको गृहकार्य

११ असोज, काठमाडौं । निजी क्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यका भित्र १० वटासहित थप सहुलियत पसल सञ्चालनको प्रारम्भिक समझदारी बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
यस्तै खाद्य र साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सहुलियत पसल सञ्चालको निर्णय र मोडालिटी भने सोमबार तय हुने कम्पनीका प्रमुख कार्याकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

‘खाद्यको पाँच, साल्ट ट्रेडिङको पाँच र केही थप निजी तथा सहकारी साझेदारीमा सहुलियत पसल सञ्चालन गर्नेबारे तयारी गरिरहेका छौँ, छिट्टै निर्णय गर्छौं,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुवेदीले भने ।

यसका साथै दुग्ध विकास संस्थाले पनि संयुक्तरुपमा सहुलियत पसल सञ्चालन गर्न समझदारी हुन सक्ने कम्पनीले जनाएको छ ।

सहुलियत पसलका अलवा खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैंमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ । त्यस्ता पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइने छ ।

गतवर्ष दशैं चाडै भएका कारण भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो । गत वर्ष उपत्याकामा तीन वटा घुम्ती पसलसहित साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थाले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालनमा आएको थियो ।

दशैंअघि सञ्चालनमा आउने सहुलियत पसल छठपछि मात्रै बन्द हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment