Comments Add Comment

ऋणमा डुबेका अमिताभलाई ‘केबीसी’ले कसरी जोगायो ?

आजबाट ‘कौन बनेगा करोडपति’को १२ औं सिजन प्रशारण हुँदैछ । यो बर्ष कोरोना भाइरसका कारण दर्शकको उपस्थितीविना नै कार्यक्रम संचालन हुनेछ । यसका लागि केही नियमहरु प्नि परिवर्तन गरिएको छ । ७७ बर्षिय नायक अमिताभ बच्चन शोमा प्रतिस्पर्धा गर्न आएका प्रतिस्पर्धीहरुसँग रोचक खेल खेल्ने तयारीमा छन् ।

अमिताभको यो शोप्रतिको लगाव गज्जबको छ । यसको पछाडि, केही कारणहरु छन् । ऋणमा डुबेका अमिताभलाई यो शोका कारण ऋणमुक्त हुन सहयोग पुगेको थियो । २० बर्ष अगाडि ९० करोड ऋणमा डुबेका अमिताभलाई ऋणमुक्त हुन यो शोले साथ दिएको थियो ।

अमिताभ आफैले पनि निकै महत्वपूर्ण घडीमा यो शो आफ्नो लागि आएको बताएका थिए । उनले पहिलो श्रृङ्खलामा ८५ भाग संचालन गरेको १५ करोड रुपैयाँ वुझेका थिए ।

यो शोको अफर हुँदा अमिताभको परिवार शोका लागि सकारात्मक थिएन । अमिताभले सानो पर्दामा काम गर्दा स्टारडम कमजोर हुने हो कि भन्ने डर उनको परिवारमा थियो । तर, जब शोका निर्माताले उनलाई यूकेको ‘हु वान्ट्स टू बी अ मिलिनेयर’को सेटमा घुमाए, यसपछि उनले काम गर्न तयार भएका थिए ।

सन् १९९५ मा अमिताभले आफ्नो कम्पनी ‘अमिताभ बच्चन कर्पोरेशन लिमिटेड’ संचालनमा ल्याएका थिए । पहिलो बर्ष ६५ करोड रुपैयाँ फाइदामा गएको यो कम्पनी दोश्रो बर्षबाट घाटामा गयो । सन् १९९६ मा आयोजित विश्व सुन्दरी प्रतियोगीताको व्यवस्थापनको जिम्मा लिएपछि कम्पनीलाई ४ करोड घाटा भएको थियो । यही कम्पनीले बनाएको ‘मृत्युदाता’ चलचित्र असफल भएपछि अमिताभलाई ठूलो झट्का लागेको थियो ।

सन् १९९९ मा अमिताभको साथमा उनका कर्मचारीलाई तलब दिने रकम समेत थिएन । चलचित्रको यूनिटका सदस्यहरु उनको घरमै आएर उनलाई गाली गर्न थालेका थिए । उनले आफ्नो घर समेत सहकारीमा राखेर ऋण लिनु परेको थियो ।

अमिताभको करिअरमा ‘कौन बनेगा करोडपति’ निकै महत्वपूर्ण रहेको छ । यसैले, पनि उनले यो शो छाड्ने सोच बनाउन सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment