+
+
Shares

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १६:०७

१२ असोज, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले आन्दोलित भएका छन् । चिकित्सा सेवा सुधारको माग गर्दै अस्पतालमा कार्यरत सिनियर चिकित्सकहरु आन्दोलित बनेका हुन ।

आन्दोलित बनेका चिकित्सकले प्रतिष्ठानको सेवा सुधार गर्नुपर्ने, कोरोना संक्रमणविरुद्ध खटिका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउनु पर्ने, स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा गर्नुपर्ने, आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा गर्नुपर्ने र रोकिएको बढुवा प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै आन्दोलमा उत्रिएको प्रतिष्ठानको मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले बताए ।

आफ्ना माग सम्बोधन गर्नका लागि नियमित शान्तिपूर्ण आन्दोलन गरे पनि प्रशासनले नसुनेको उनको गुनासो छ । सोमबार पनि चिकित्सकहरुले प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्ऽ गिरीको कार्यकक्ष अगाडि धर्ना दिएका थिए । ‘चिकित्सकको बढुवा प्रकृया नियमित गर्नुपर्‍यो भन्दै डेढ वर्षयता आन्दोलनमा छौं,’ उनले भने, ‘तर अझै सम्बोधन भएको छैन्, शान्तिपूर्ण दबाव दिइरहेका छौं ।’

प्रतिष्ठानमा अडाइ वर्षदेखि बढुवा प्रक्रिया रोकिएको छ । चिकित्सकको बढुवा प्रक्रिया रोकिएका कारण काम नै प्रभावित भएको उनको गुनासो छ । आन्दोलनरत चिकित्सकले माग सम्बोधन नभए सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?