Comments Add Comment
नेपाल-चीन सहसचिवस्तरीय व्यापार वार्ता आज :

व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि नेपालसँग के चाहन्छ चीन ?

१३ असोज, काठमाडौं । नेपाल-चीन औपचारिक व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि आज पहिलो सह-सचिवस्तरीय व्यापार वार्ता हुँदैछ । विश्वको पहिलो अर्थतन्त्रको दाबीसहित संसारभर व्यापार साम्राज्य फैलाइरहेको चीन नेपालसँगको उच्चस्तरीय वार्तामा चार वटा विषयमा छलफल गर्न तयार छ ।

मंगलबार मध्याह्न १२ बजे सुरु हुने दुवै देशको वाणिज्य सहसचिवस्तरीय पहिलो बैठकमा चीनले नेपालसँगको व्यापारिक वातावरणमा सुधार गर्ने विषय पहिलो प्राथमिकतामा राखेको छ । विभिन्न कारणले अवरोध हुने दुई देशबीचको अवरोध चिर्न चिनियाँ पक्षले पहल गर्ने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

प्रमुख नाका जोड्ने स्याफ्रुबेंसी रसुवा सडक स्तोरन्नती परियोजना अघि बढाउने विषयमा चिनियाँ अधिकारीहरुले नेपालसँग छलफल गर्न चाहेका छन् । कमजोर नेपाली बोर्डर पोइन्टहरुको स्तरोन्नतीको विषय पनि बैठकको एजेण्डाको रुपमा चीनले प्रस्तुत गरेको छ । यस्तै चाइना इन्टरनेश्नल आयात एक्स्पोमा नेपालको सहभागीताका विषमा पनि चीनले नेपालसँग छलफल गर्ने बताइएको छ ।

नेपालका एजेण्डा

बैठकमा छलफल गर्न नेपालले भने झण्डै दर्जन हाराहारी एजेण्डा बनाएको छ । दुई देशबीचको व्यापारीक सम्बन्धको समीक्षा, नाकाको पूर्वाधार तथा सहजीकरण, व्यापार तथा पारवहन सन्धि कार्यान्वनयको अवस्था र व्यापार वृद्धि नेपालको प्रमुख मुद्दा भएको नेपाली वार्ता टोलीका संयोजक वाणिज्य सहसचिव प्रकाश दाहालले जानकारी दिए । ‘नेपाल–चाइना व्यापार अवस्था, व्यापारका अवरोध र सुविधा, विगतमा भएका सहमतिको कार्यान्वयन तथा आपसी सहयोग लगायतका विषय ऐजेण्डामा समेटिएका छन्,’ सहसचिव दाहालले भने ।

दुई देशबीचको ब्यापार बढाउन सीमापार विशेष आर्थिक क्षेत्र स्थापना, थप व्यपारीक नाका सञ्चालनको सम्भाव्यता तथा नेपाली वस्तु निर्यातको सहजीकरण लगायतका विषय पनि बैठकका प्रमुख विषय भएको उनको भनाइ छ ।

भर्चुअल वार्तामा नेपालको तर्फबाट परराष्ट्र, अर्थ, गृह, भौतिक, कृषि विकास मन्त्रालय तथा भन्सार र खाद्य विभागका अधिकारीहरु सहभागी हुनेछन् । यसअघि चीनको स्वशासित क्षेत्र तिब्बत वाणिज्य अधिकारीसँग मात्रै नेपालको  व्यापार वार्ता हुने गरेकोमा चिनियाँ वाणिज्य व्यापार मन्त्रालयको सहसचिवस्तरीय वार्ता पहिलो पटक हुन लागेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment