+
+
Shares

बागमती प्रदेशसभा सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते १४:०१

१३ असोज, हेटौंड । बागमती प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेकी हुन् ।

असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन् ।

संक्रमण पुष्टि भएसँगै आफू होम आइसोलेसनमा बसेको र स्वास्थ अवस्था सामान्य रहेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?