+
+

अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते १६:४४

१३ असोज, काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यसै अनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका डोस्ट मोडलका सम्पूर्ण सवारी साधनखरिद गर्नका लागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० -साठी) प्रतिसतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधामात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा ब्रान्ड अवेयरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागि भई अघि बढ्ने कुरामापनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

एलसीभी सेगमेन्ट अन्तर्गत डोस्ट मोडलका सवारी साधनहरु विभिन्न एप्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफि्रजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल -टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?