Comments Add Comment

१५५९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका ९०२ जना

१४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा  थप १५५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । उनीहरुमध्ये ४९८ जनाको मृत्यु भएको छ भने ५६ हजार ४२८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १०५७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २० हजार ८९१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ८०४ होम र १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९०२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९७ जना, ललितपुरका ११२ र भक्तपुरका ९३ जना छन् ।

यस्तै मोरङका ९८ जना, रुपन्देहीका ७०, चितवनका ६२, नवलपुरका ४५, सुर्खेतका ४१, सुनसरी र मकवानपुरका ३८/३८ जना, बाँकेका २७, कैलालीका २३, झापाका १९, पर्साका १७, कास्कीका १६, गोरखाका १५, महोत्तरीका ११, बारा र बर्दियाका १०/१० जना र काभ्रेका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

धादिङ र डोटीका ८/८ जना, सप्तरीका ७, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६/६ जना, तनहुँ, दाङ र दैलेखका ५/५ जना, कालीकोटका ४ जना, दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ जना, सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment