Comments Add Comment

रुसद्वारा अर्मेनिया–अजरबैजानको युद्धमा मध्यस्थताको प्रस्ताव

१५ असोज, काठमाडौं । रुसले अर्मेनिया र अजरबैजानबीच जारी रहेको युद्धमा मध्यस्थताको प्रस्ताव गरेको छ । विवादित नागोर्नो–काराबखको विषयलाई लिएर दुई मुलुकबीच युद्ध जारी रहेको अवस्थामा रुसले शान्ति वार्ताका लागि मध्यस्थताको प्रस्ताव गरेको हो । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले दुवै मुलुकलाइई यो युद्ध रोक्न पनि आग्रह गरेका छन् ।

आइतबारदेखि सुरु भएको दुई मुलुकको युद्धमा कम्तमिा सयभन्दा धेरैको मृत्यु भइसकेको छ । अजरबैजानको दाबीलाई मान्ने हो भने मृत्यु हुनेको संख्या दुई हजार तीन सय नाघिसकेको छ । आधिकारिकरुपमा हेर्ने हो भने अहिले विवाद देखिएको क्षेत्र अजरबैजानको हो । तर, यो भूमि अहिले अर्मेनियाको निन्त्रणमा छ । यसअघि पनि यो भूमिको विषयमा अर्मेनियासँग अजरबैजानको युद्ध भइसकेको छ ।

यो युद्धको विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका समकक्षी इम्यानुअल म्याक्रोँसँग पनि टेलिफोन वार्ता गरेका छन् । वार्ताको क्रममा दुवै नेताले तत्काल युद्धविराम गराउनुपर्ने धारणा राखेका थिए । अर्मेनियसँग रुसको सैन्य सम्बन्ध पनि छ तर अजरबैजानसँग पनि उसको राम्रो सम्बन्ध छ ।

यी दुई मुलुकको युद्धमा टर्की स्पष्टरुपमा अजरबैजानको पक्षमा देखिएको छ भने फ्रान्सले टर्कीलाई यो युद्धको विषयलाई लिएर चेतावनी पनि दिइसकेको छ । टर्कीको एफ–१६ ले अर्मेनियाको सु–२५ फाइटर विमान खसालेको समाचार सार्वजनिक भएसँगै फ्रान्सले टर्कीलाई यस्तो गतिविधि स्वीकार्य नहुने भन्दै चेतावनी दिएको हो । यद्यपि टर्कीले भने यसलाई ‘प्रोपोगाण्डा’ को संज्ञा दिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment