+
+
Shares

नेपालगञ्ज मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १३:४१

१५ असोज, बुटवल । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बुधबार राति १ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक पुरुषमा गत असोज १० गते कोरोना पुष्टि भएकोमा १२ गते उनी मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा निमोनियाको समस्या देखिएको थियो ।

श्रेष्ठका अनुसार सुर्खेतकी महिलामा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई असोज ८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनी पित्त थैलीसम्बन्धिबाट ग्रसित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?