+
+
Shares

कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १६:३१

१५ असोज, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका- ३ घर भएका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो ।

प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भएपनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ः१० बजे  उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । उनी कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन समेत रहेको खड्काले बताए ।

डाक्टर सापकोटाले मधुमेह र उच्च रक्तचापको औषधि नियमित रुपमा लिइरहेको र अस्पतालमा भर्ना हुँदा सुगर नियन्त्रणमा नभएको भेरी अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?