+
+
Shares

‘कौन बनेगा करोडपति’ मा काली नदीको प्रश्न !

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १९:१९

१५ असोज, काठमाडौँ । सुगौली सन्धीअनुसार नेपाल र भारतको प्राकृतिक सीमा निर्धारण गर्ने खोलाको नाम के हो ? उत्तर– काली नदी ।

नेपाल र भारतका बीचमा यस विषयमा खासै विवाद छैन । तर, भारतले केही वर कृत्रिम काली नदी निर्माण गरेर त्यसलाई मुहान हो भनी दाबी गरेपछि यतिबेला दुई देशको वीचमा सीमा विवाद उत्पन्न भएको छ ।

दुई देशको वीचमा काली नदीको मुहानको विषयमा विवाद भइरहेकै समयमा भारतका चर्चित अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने चर्चित टेलिभिजन सो ‘कौन बनेगा करोडपति’ कार्यक्रममा काली नदीबारे माथिको प्रश्न सोधिएको होे ।

मुम्बईका जय कुल श्रेष्ठले १२ लाख ५० हजार जितिसकेपछि काली नदीको प्रश्न सोधिएको थियो । सो प्रश्नको सही उत्तर दिन सकेको भए उनले २५ लाख प्राप्त गर्दथे ।

उनलाई दिइएका सम्भावित उत्तरहरु थिए, काली, सन, गण्डक र कोशी ।

तर, उनले सही उत्तर दिन सकेनन् र उनले कार्यक्रम छोड्ने निर्णय लिए ।

अमिताभ बच्चनले पनि उनलाई विश्वासका साथ उत्तर भन्न नसके कार्यक्रम छाड्ने सल्लाह दिइरहेका थिए ।

उनले जुन उत्तर भन्न खोजेका थिए, त्यो सही भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?