Comments Add Comment

महामारीमा पनि रोकिएनन् एडीबीको लगानीका परियोजना

१५ असोज, काठमाडौं । कोडिभ-१९ को महामारीकै बीच त्रिभुवन विमानस्थलमा ३ सय मिटर धावनमार्ग बिस्तार सम्पन्न भयो । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काममा लकडाउनकै अवधिमा ५ प्रतिशत हाराहारी प्रगति भयो ।

यी दुबै आयोजना एसियाली विकास बैंकको लगानीका परियोजना हुन् । यसबीचमा एसियाली विकास बैंकले लगानी गरेका अन्य आयोजनाको काम समेत निरन्तर जारी रहृयो ।

कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड-१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडुअर -एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडी बढाईएका कारण काम धेरै प्रभावित हुन नपाएको एडीबीका अधिकारीहरुले बताएका छन् ।

बैंकले आफ्ना सतप्रतिशत लगानी रहेका विकास परियोजनामा एसओपी लागू गरेर निर्माण कार्य अगाडि बढाएकोे उनीहरुको भनाई छ । एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको अनुभव एडीबीको रहेको छ ।

एसओपी अन्तर्राष्ट्रिय उत्तम अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य तथा बिकाससंग सम्बन्धित संस्थाहरुले जारी गरेका निर्देशिकालाई समेटेर बनाइएको हो ।

एडिबीले अन्तरर्राष्ट्रिय उत्तम अभ्यास अवलम्बन गर्दै कार्य शुरु गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर गत मे महिनाबाटै लागू गर्न आयोजना कार्यान्वयन निकायहरुलाई परिपत्र गरेको थियो । मार्चमा लकडाउन (बन्दाबन्दी) सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाईएको बैंकको भनाई छ ।

कोभिड जोखिम व्यवस्थापन सम्बन्ध सरकार तथा अन्य आधिकारिक निकायहरु जस्तै डब्लुएचओ, आइएलओ, आइएफसीले तोकेका मापदण्डहरु अपनाई रोकिएका काम सुचारु गर्न एडीबीले मे महिनाको प्रारम्भबाटै आयोजना कार्यान्वयन निकायलाई पत्र लेखेको थियो । त्यसका लागि एडिबीले सबै परियोजना कार्यान्वयन निकायसँग दु्रत सर्वेक्षण गरी ती निकायले माग गरे अनुुसार जुलाई २१ देखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण ब्यवसायीहरुलाई एससोपी कार्यान्वयनबारे अभिमुखीकरण तथा परामर्श दिएको एडिबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले जानकारी दिए ।

एसओपीमा निर्माण कार्य सुरु गर्दा व्यवस्था गर्नुपर्ने मूख्य दुई क्षेत्रहरु कार्यस्थलको व्यवस्थापन र कर्मचारीहरुको जनस्वास्थ्यको व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरु स्पष्ट रुपमा दिइएको बैंकले जनाएको छ ।

निर्माण व्यवसायीको कार्यालय व्यवस्थापनमा कार्यालय क्षेत्रको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यtmिगत अभ्यासहरु पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन शुरु गरिएको थियो । त्यसक्रममा भौतिक दुरी, व्यक्तिगत व्यवहार, बैठकमा भाग लिदा गर्नुपर्ने नियम, निर्माण क्षेत्रमा जाँदा अपनाउनु पर्ने उपाय स्पष्ट रुपमा जानकारी गराइएको थियो ।

त्यसैगरी निर्माण कार्य सुचारु गर्दा अपनाइने कार्यविधिहरुमा काम सुरु गर्नु अघि कामदारको व्यवस्थापन, प्रवेशद्घारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलिकरण, सामान लोड-अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरुको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको सिंहले बताए । आतकालीन प्रोटोकलतर्फ आकस्मिक उपचारको तयारी, संक्रमणयुक्त केसमा आकस्मिक प्रोटोकल एवं क्वाराईण्टाईनको व्यवस्था पनि आयोजनाहरुमा गरिएको छ ।

एसओपीको उद्देश्य भाईरस संक्रमणबाट बच्न रोकथाम, संक्रमण परिक्षण तथा आपत्कालीन प्रकृयाको प्रणालीगत व्यवस्था गर्नु रहेको एडीबीको भनाइ छ । जोखिम व्यवस्थापनका लागि कार्य, सञ्चार तथा मानव व्यवहारको संयुक्त कार्यक्रम, सरकारद्धारा जारी निर्देशन, निर्देशिका र अन्तराष्ट्रिय असल अभ्यासहरुको अनुशरण गर्नु र विकास आयोजनालाई निरन्तरता दिनु नै एसओपीको मूख्य लक्ष्य रहेको बैंकको भनाई छ ।

बिहीबार आर्थिक पत्रकार समाजसँगको अन्तरक्रियामा एडीबीका कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए । । एसओपी आयोजनाहरुमा लागू भईरहेको र एउटा राम्रो सुरुवात भएको उनको भनाई छ । यसले निर्माण क्षेत्रमा कोभिड १९ को जोखिम कम गराउन र कर्मचारीहरुमा संक्रमण फैलिन नदिएको उनले बताए ।

बैंकको लगानीमा निर्माणाधिन परियोजनाहरले पहिले नै एसओपीको विकास गरेको र प्रयोगमा पनि ल्याउनु सुखद् भएको उनले बताए । विकास परियोजनालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले एडिबीले एसओपी बनाएर निर्माणलाई निरन्तरता दिएको उनको भनाई थियो ।

एडिबीले बनाएको जस्तै एसओपी बनाएर अन्य विकास परियोजनालाई समेत अगाडी बढाउन सकिने पुर्व अर्थसचिव सुमन शर्माले बताए । ‘सरकारले सुरक्षित भएर काम गर्नुहोस त भनेको थियो, तर परियोजनाका कसरी काम गर्ने भन्ने प्राक्टिकल विषयबारे केही भनेको थिएन, एसओपीको खाँचो थियो । यो एउटा राम्रो सुरुवात हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment