+
+
Shares

कृषि उद्यमी अधिकारी र रेग्मीको ‘हुन्न रहेछ परदेशमा’ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते ११:००

युवा कृषि उद्यमी श्रीकृष्ण अधिकारी र कमल रेग्मीले  ‘हुन्न रहेछ परदेशमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

श्रीकृष्ण अधिकारीको शब्द रहेको गीतमा कमल रेग्मीको स्वर रहेको छ भने कमल रसाइलीको संगीत छ ।

गीतको म्युजिक भिडिओमा श्रीकृष्ण अधिकारी र सारिका केसीले अभिनय गरेका छन् ।

इजरालयमा ९ वर्षसम्म काम गर्दा भोगेको पीडालाई आफूले गीतमा उतारेको अधिकारीले बताए । विगत एक दशकदेखि अधिकारी आधुनिक कृषिका लागि आवश्यक पर्ने सामाग्रीहरुको व्यापारमा संलग्न छन् ।

गीतका गायक रेग्मीपनि दुवै र कतारगरी ६ वर्ष विदेशिएका थिए । रेग्मी कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?