+
+
Shares

डिस्चार्ज भएपछि क्याप्टेन विजय लामाले भने-युद्ध जितेजस्तै भयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते १३:४८

१६ असोज, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा १८ दिन लामो अस्पताल बसाइपछि घर फर्किएका छन् । उनी कोरोना सं‌क्रमण निको भएपछि बिहीबार स्टार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

धेरै मानिसले कोरोनालाई सामान्य रोग र कमजोर भाइरसको संज्ञा दिइरहँदा क्याप्टेन लामाले भने यसलाई गम्भीर रोगको संख्या दिएका छन् ।

उनले यसबीचमा पटकपटक भनेको छन्,’कोरोनालाई सामान्य सम्झने गल्ती नगर्नुहोस ।’ सोहीकारण आज पनि उनले एक स्टाटस लेख्दै भनेका छन्, ‘नयाँ जीवनको सुरुवाती जस्तै लाग्यो, त्यो कोरोना युद्धपछि ।’

यसबाट उनले कोरोनासँग गर्नु परेको संघर्ष स्पष्ट भएको छ । कोरोनालाई जितेपछि उनले कोरोनाप्रति विजय प्राप्ती पछिको जीवन देश र नेपालीको सेवामै लगाउने प्रण समेत गरेका छन् ।

उनको सबै शुभचिन्तकको माया, साथ र प्रार्थनाकै कारण आफूले रोगलाई पराजित गर्न सफल भएको उनको अनुभव छ । लामाले सन्देश दिएका छन्, ‘कोरोना भोग्नेलाई मात्र थाहा हुन्छ, यो कति खतरनाक भाइरस हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?