Comments Add Comment

न्युजिल्याण्डबाट आउनेका लागि सीमा खोल्ने अस्ट्रेलियाले निर्णय

१६ असोज, काठमाडौं । अस्ट्रेलियाले न्युजिल्याण्डबाट आउनेहरुका लागि सीमा नाका खोल्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि अस्ट्रेलियाले पहिलोपटक विदेशीका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको हो । अस्ट्रेलियाले न्यु साउथ वेल्स र नर्थन टेरिटोरीमा न्युजिल्याण्डबाट आएका मानिसहरुका लागि १६ अक्टोबरदेखि अनुमति दिने निर्णय गरेको हो । गत मार्चमा कोरोना नियन्त्रणको लागि भन्दै अस्ट्रेलियाले आफ्नो सबै सीमा बन्द गर्ने निर्णय गरेको थियो ।

अधिकारीहरुले न्युजिल्याण्डबाट आउने मानिसहरुबाट कोरोना संक्रमणको जोखिम निकै कम भएकाले न्युजिल्याण्डको सीमा खुला गर्ने निर्णयमा पुगेको बताएका छन् । अब न्युजिल्याण्डबाट अस्ट्रेलिया आउने मानिसले अनिवार्य क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन ।

अस्ट्रेलियाको नर्थन टेरिटोरीमा पछिल्लो दुई महिनादेखि स्थानीय संक्रमित फेला परेका छैनन् । अष्ट्रलियाको भिक्टोरियामा भने अन्य राज्यसँगको सीमा नाका बन्द गरिएको छ । त्यस्तै पछिल्लो एक सातायता स्थानीय संक्रमित फेला परेका छैनन् । न्युजिल्याण्डमा पनि अगष्ट २१ यता स्थानीय संक्रमित फेला परेका छैनन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment