Comments Add Comment

यती एअरलाइन्स १२ वर्षपछि सिमरा उड्ने

२१ असोजबाट नियमित उडान

१६ असोज, काठमाडौं । अब काठमाडौंबाट बाराको सिमरा जाने यात्रुका लागि थप एक एयरलाइन्सको सेवा थपिएको छ ।

यती एअरलाइन्सले १२ वर्षपछि सिमरा विमानस्थलमा उडान भर्ने भएको छ । सन् २००८ मा काठमाडौँ-सिमरा उडान गरेको यती एअरलाइन्सले त्यसपछि भने उडान बन्द गरेको थियो ।

२१ असोज (अक्टोबर ७) बाट सिमरा विमानस्थलमा नियमित उडान शुरु गर्न लागेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कोभिड-१९ को सङ्क्रमणको समयमा आवश्यक मापदण्ड अपनाएर सिमरामा जहाज उड्ने भएको छ । उनका अनुसार २१ असोजबाट दैनिक २ वटा उडान काठमाडौं-सिमरा रुटमा हुने भएको छ ।

उनका अनुसार यतीले सिमरामा जेटईस्ट्रीम-४१ जहाज उड्नेछ । यहाँ प्रत्येक दिन बिहान ९.०० बजे र साँझ ४.४५ बजेका लागि उडान समय राखिएको छ । यो रुटमा प्रमोसनल भाडा मात्र काठमाडौं-सिमरा-काठमाडौको एकतर्फी २ हजार ८ सय तोकिएको छ ।

यती एयरलाइन्ससँग अहिले एटीआर-७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम-३० सिटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा छन् । सिमरामा यसअघि बुद्ध एयरले नियमित उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment