Comments Add Comment

किन हतारमा छन् आजका युवापुस्ता ?

खेतीपाती गर्नेले बाली उठाउनका लागि एक बर्ष पर्खनुपर्छ । उद्यम गर्नेले त्यसबाट प्रतिफल लिन कम्तीमा तीन बर्ष कुर्नुपर्छ । कुनैपनि क्षेत्रमा प्रगति गर्न, सफलता हासिल गर्न, ख्याती कमाउन लामो संघर्ष र धैर्यताको जरुरत हुन्छ । तर, आजको पुस्ता यसरी पर्खन तयार छैनन् । उनीहरु हतारमा छन् ।

उनीहरु आज जे गर्छन्, तुरुन्त त्यसको नतिजा खोज्न थाल्छन् । आज खेती गर्छन्, भोलि त्यसको उत्पादन खोज्छन् । आज व्यपार गर्छन्, भोलि त्यसको मुनाफा खोज्छन् ।

यो ‘फास्टफुड’ पुस्ता खाना मात्र होइन, अरु सबै कुरा फटाफट हात लाग्नुपर्छ भन्ने मान्यता राख्छन् । मानौ उनीहरु तिब्रतासाथ बेग मारिरहेको बुलेट ट्रेनमा शयर गरिरहेका छन् र यो गतिशिलतासँग उनीहरुले आफ्नो लय समातेका छन् । थोरै रोकिएमा उनीहरुको जीवनको ट्रेन छुट्नेछ ।

यो पुस्ता थोरै समयमा धेरै भन्दा धेरै उपलब्धी हासिल गर्ने दौडमा छन् ।

आखिर उनीहरु किन हतारमा छन् ? उनीहरुमा यस्तो प्रवृत्तिको विकास कसरी भयो ?

यसमा धेरै हदसम्म आज उपलब्ध उपकरण, इन्टरनेट जिम्मेवार छन् । जति–जति उपकरण उपलब्ध हुँदैछन्, त्यसले हाम्रो काम छरितो बनाइदिएको छ । यस्ता उपकरणहरुको प्रयोगबाट कुनैपनि काम तुरुन्तै फत्ते गर्न संभव भएको छ । आज सामान्य जोड घटाउन गर्न पनि क्याल्कुलेटरको सहयोग लिइन्छ । इन्टरनेट र सर्च इन्जिनहरुले त यस्ता कामलाई अरु तिब्र र छरितो बनाइदिएको छ ।

आज कुनै कुराको जानकारी चाहिएमा कसैलाई सोधीखोजी गरिरहनु पर्दैन । पुस्तक पल्टाउनु पर्दैन । गुगलमा सर्च गर्नसाथ त्यससँग सम्बन्धित हजारौं नतिजा हात लाग्छ, त्यो पनि निमेषभरमै । आफुलाई कुनै गीत सुन्न मन लाग्यो, युट्युब हाजिर छ । मुड फ्रेस गर्नुप¥यो, भिडियो गेमदेखि रमाइला सामाग्रीहरु सहजै उपलब्ध छ । संसारमा भइरहेका गतिविधिहरु प्नि क्षण–क्षणमै अपडेट हुन्छन् । यस्तै प्रविधि र माध्याममा एकाकार भइरहेका आजका युवापुस्ता अरु कुराहरुमा पनि यसरी नै छिटो–छरितो नतिजा प्राप्त होस् भन्ने अपेक्षा राख्छन् ।

यही अपेक्षाका कारण अहिलेका पुस्ता र अभिभावकबीच तालमेल मिलिरहेको हुँदैन । छोराछोरीको बढ्दो अपेक्षा आमाबुवाले पुरा गर्न समर्थ हुँदैनन् । नतिजा, छोराछोरी बुवाआमाबाट टाढिने वा कुलतमा फस्ने सम्मका खतरा बढ्दैछ ।

कुनैपनि कुरामा सफलता हासिल गर्न संघर्ष, लगाव र धैर्यता जरुरी छ । इन्टरनेटमा र्सच गर्नसाथ प्राप्त हुने नतिजा जस्तो जीवनमा सबै कुरा फटाफट हासिल हुँदैन । त्यसका लागि कठिन संघर्ष, निरन्तर प्रयस र धैर्यता जरुरी हुन्छ ।

सन्त कविर भन्छन्,

‘धीरे–धीरे मना, धीरे सब कुछ होया

माली सींचे सौ घडा, ऋतु आए फल होया

अर्थात धैर्यता राख्नाले सबैकुरा मिल्छ । यदि कुनै मालीले कुनै रुखमा सय गाग्री पानीले सिचाई गर्छन् । तब ऋतु आएपछि त्यसको फल फल्न थाल्छ । भनिन्छ, धैर्य, दृढता र श्रम सफलताका लागि अपरिहार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment