Comments Add Comment

माछापुच्छ्रे बैंक२१ औँ वर्षमा, ६ नयाँ योजना एकसाथ

माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औँ वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रूपमा उभ्याएको छ ।

ग्राहकहरूको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरू तथा योजनाहरू एकै साथ सञ्चालनमा ल्याएको छ ।

बैंकले नेपालमा नै पहिलो पटक उइ च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरूले क्युआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउन्टरको पनि सुरुवात गरेको छ । बैंकले आफ्नो नयाँ स्मार्ट वेबसाइट पनि आजैबाट सुरुवात गरेको छ ।

ग्राहकहरूले स्मार्ट वेबसाइट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । माछापुच्छ्रे बैंक ली.ले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी)अफरहरू सञ्चालनमा ल्याएको छ । बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै Priority Counter पनि सञ्चालनमा ल्याउँदै छ ।

त्यस्तै गरि बैंकले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६० औँ शाखा कार्यालय समेत सञ्चालनमा ल्याएको छ । स्थापनाको २१ वर्षमा आइपुग्दा बैंकले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरू, १३३ शाखारहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सनसमेत गरी जम्मा २९८ स्थानबाट ग्राहकहरूमा सम्पूर्ण बंैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १९९ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।

साथै सबल उत्कृष्ट एवं विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २० वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment