+
+
Shares

रासायनिक मलमा प्रयोग हुने डोलोमाइट चट्टान उत्खनन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते ११:०९

१८ असोज, बैतडी । सरकारले रासायनिक मल बनाउने कारखानाका लागि डोलोमाइट चट्टान उत्खनन गर्ने तयारी गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइट चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि सो चट्टान उत्खनन गर्ने तयारी गरेको राष्ट्रिय समाचार समिति (रासस)ले उल्लेख गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उदघाटन पनि गरेका छन् । उदघाटन कार्यक्रममा मन्त्री भट्टले मलखादमा प्रयोग हुने फस्फोराइडको नेपालमा उद्योग नरहेकाले दोगडाकेदारमा गरिएको परीक्षण सफल भए उद्योग नै स्थापना गरिने बताए । उनले भने, ‘उद्योग स्थापना भएपछि रोजगारीको समस्या हट्दै जानेछ ।’

नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिने बताए । उनले भने, ‘अब हरेक क्षेत्रलाई रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्छ ।’

यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि बैतडीको दोगडाकेदार पुगेको थियो ।

गाउँपालिकामा परीक्षण गरिएको स्थानमा फस्फोरस भएको पुष्टि भएमा यस क्षेत्रको आर्थिक समृद्धि र रोजगारीमा सहयोग पुग्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । फस्फोराइड खानीमा ५० मिटर गहिरो प्वाल पारेर परीक्षण गरिएको राससले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?