
१८ असोज, रोल्पा । प्रहरीले रोल्पाबाट ८ किलो ३ सय ग्राम अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम घर भएकी ज्योति घर्ती, निसा पुन, दाङकी दिलप्रभा बुढा, सुर्खेतका मोतिलाल परियार र रोल्पा घर भई दाङ बस्ने यामबहादुर घर्ती मगर छन् । मगर लागूऔषध ओसार्न प्रयोग भएको गाडीका चालक हुन् ।
जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक शंकर खड्का अनुसार सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा १५ च ३७७६ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा ८ किलो ३ सय ग्राम अफिम भेटिएको थियो ।
अफिमबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4