+

कल्याणकारी कोषद्वारा चार खेलाडीलाई उपचार सहयोग

२०७७ असोज  १८ गते १२:४८ २०७७ असोज १८ गते १२:४८
कल्याणकारी कोषद्वारा चार खेलाडीलाई उपचार सहयोग

१८ असोज, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जना खेलाडीलाई जम्मा ४ लाख रुपैयाँ सहयोग गरेको कोषले जनाएको छ ।

कोषका अनुसार एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरिएको हो । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको कोषले जनाएको छ । स्व. राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन् । सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ ।

बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनिषा बिष्टलाई ७५ हजार रुपैयाँ सहयोग गरिएको कोषले जनाएको छ । तीनै जना घुँडा सम्बन्धि रोगबाट पीडित छन् । मनिषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा राखेपका सदस्य सुभाष श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक बिष्टलगायतको उपस्थिति रहेको थियो ।

खेलाडीलाई आर्थिक सहयोग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय