+
+
Shares

बलात्कारीलाई कडा कारबाही गर्न प्रदेश सांसदहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते ११:२५

१९ असोज, डोटी । सुदूरपश्चिम प्रदेश सभाका महिला सांसदहरुले बलात्कारीहरुलाई कडा सजाय हुने गरी कानुन निर्माण गर्न माग गरेका छन् ।

बलात्कारपछि हत्या भएकी बझाङ्गको मष्टा गाउँपालिका-२ की १२ वर्षीया बालिका सम्झना कामीको सम्झनामा आइतबार बोलन्या थली नामक संस्थाले आयोजना गरेको ‘सम्झनाको सम्झनामा’ शीर्षकको सम्वादमा प्रदेश सभाका महिला सदस्यहरुले सो धारणा राखेका हुन् ।

प्रदेश सांसद चुनकुमारी चौधरीले बलात्कारका दोषीले कुनै पनि अवस्थामा उन्मुक्ती नपाउने गरी कानुन बनाउनु पर्नेमा जोड् दिइन् । उनले महिलामाथि परिवारभित्र वा परिवार बाहिर भइरहेकाहिंसाका घटना न्यूनीकरणका लागि सबैले लाग्नु पर्ने बताइन् ।

बलात्कारीलाई फासीको सजाय हुनु पर्ने बताउँछिन् प्रदेशसभा सदस्य शान्ति नेपाली । ‘बलात्कारीलाई आजीवन काराबासवा फासी दिनुपर्छ,’ नेपालीले भनिन्, ‘बलात्कार, हत्याजस्ता

गम्भीर प्रकृतिका अपराधका दोषीलाई ढाकछोप गर्नु हुँदैन । उनले समाजवाद, साम्यवाद जति कुरा गरे पनि महिला हिंसाका घटना दिनप्रति दिन बढ्दै गएको बताइन् । प्रदेशसभा सदस्य पूणर्ा जोशीको पनि उस्तै धारणा छ । उनले भनिन्, ‘सरकारको चाकरी गरेर अन्यायविरुद्धका आवाज रोकिदैनन् ।’

यदि सरकारले दोषीलाई उन्मुक्ती दिने काम गरे सरकारले गरेको गलत कामको विरोध गर्ने जोशीले बताइन् । ‘बलात्कारी जात, धर्म, परिवार, बिचार पार्टी केही हुँदैन’ सांसद जोशीले भनिन्, ‘त्यसैले कसैले मेरो छोरा, मेरो पार्टीको सदस्य वा आफन्त भनेर बचाउनु पर्ने जरुरी छैन ।’

अन्याय सहनु नै अपराध भएकोले अन्यायमा परेको थाहा पाए प्रतिकारमा उठनु पर्ने जोशीले बताइन् । उनले महिलामाथि भएका बलात्कार र हत्याका घटनामा समाज,युवा, राजनीतिकर्मी एकजुट हुनुपर्ने र यस्ता घटनाबारे परिवारमा सम्वादको खाँचो भएकोमा जोड दिइन् ।

‘अहिले हरेक बलात्कारी र हत्यारालाई कहीँ न कहीँबाट संरक्षण छ र घरघरमा हुने अपराध अझ डरलाग्दो छ,’ जोशीले भनिन् बाहिर ल्याउँदा समस्या हुने धेरैको मनसाय भएकाले यौन हिंसा र बलात्कारका घटना भित्रभित्रै मिलापत्र हुन थालेका छन् ।’

कार्यक्रममा महिला अधिकारकर्मी गोमा आचार्यले कोरोना महामारीको समयमा महिलामाथि हुने हिंसा नरोकिएको बताइन् ।

उनले सम्झनाका दोषीलाई सरकार नै कम उमेर देखाएर कम सजाय दिलाउन लागि परेको आरोप लगाइन् । राजनीतिक व्यवस्था परिवर्तन भएपनि महिला हिंसाका घटनामा न्यूनीकरण नआएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?