
१९ असोज, बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा एक जना महिलाको मृत्यु भएको छ ।
अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-१३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको हो । आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको पीसीआर परीक्षणका लागि सोही दिन स्वाब संकलन गरिएको थियो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबार उनको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै रुपन्देहीमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4