Comments Add Comment

बैंक अफ काठमाण्डू लिमिटेडले शेयरधनीलाई १६ प्रतिशत लाभांश घोषणा

बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६-७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई श्री नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वाषिर्क साधारण सभाले पारित गरेपछि शेयरधनीलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment