+
+
Shares

अझै केही दिन मनसुन सक्रिय रहने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १६:३०

१९ असोज, काठमाडौं । अझै केहीदिन देशको पूर्वी तथा मध्य क्षेत्रमा सामान्य वर्षासँगै मनसुन सक्रिय रहने भएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिनसम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन सक्रिय हुने सम्भावना रहेको हो ।

दशैं सुरु हुन अब १२ दिन बाँकी छ । अझै देशका विभिन्न ठाउँमा मनसुन सक्रिय हुने संकेत देखिए पनि दशैंसम्म नै मनसुन जारी रहने सम्भावना भने कम रहेको विभागले जनाएको छ ।

विभागकी मौसमविद् मञ्जु बासीले बंगालको खाडीमा निम्न चापीय क्षेत्रको विकास भइरहेकोले यसले थप केही दिन वर्षा गराउन सक्ने जानकारी दिइन् । यसअघि पनि बंगालको खाडीमा विकास भएको निम्न चापीय क्षेत्रले नै वर्षा गराएको थियो ।

सुदूरपश्चिम र कर्णाली प्रदेश क्षेत्रमा भने सो निम्नचापीय क्षेत्रले असर नगर्ने बासीले जानकारी दिइन् । बासीले अहिलेको निम्नचापीय क्षेत्र पहिलेजस्तो बलियो नभएकोले पहिलेजस्तो भारी वर्षा नहुने बताइन् । ‘मनसुन दशैंसम्म लम्बिँदैन होला’ बासीले अनलाइनखबरसँग भनिन् ‘यद्यपि अझै दशैं आउन धेरै समयभएकोले वैज्ञानिक रुपमा यसको भविष्यवाणी गर्न भने सकिँदैन ।’

झरीको मौसम सकेर आनन्दिलो शरद् ऋतु सुरु भएपछि मनाउने नेपालीहरूको दशैं आउन लागिसक्दा पनि मनसुन बाहिरिने संकेत नदेखिएपछि यो वर्षको दशैं पनि झरीमा बित्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यो साल मलमासका कारण दशैं केही दिन पछि सरेको छ ।

तर मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भने अझै केही दिन देशको पूर्वी तथा मध्य भागमा मनसुन सक्रिय हुने जनाएको छ ।

पश्चिम बंगालको आसपास रहेको न्यून चापीय क्षेत्रकै कारण पूर्वी र मध्यभाग साथै पश्चिमी वायुको प्रभावले पश्चिमी भागमा समेत गरेर विजया दशमीको दिनसमेत पानी परेको थियो । तर यस वर्ष दशैं आउन अझै २० दिनजति बाँकी रहेकोले थप निम्न चापीय क्षेत्रको विकास भएन भने दशैंसम्म वर्षा नहुने बासीले अनलाइनखबरलाई जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?