Comments Add Comment

बलात्कार पीडितलाई प्रलोभन : १० लाख नगद वा १० कठ्ठा खेत

१९ असोज, जनकपुरधाम । ३० बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का सचिव मिथिलेश यादव बुधबार पक्राउ परे ।

पीडित महिला ढकिया र टोकरी बनाएर बेच्ने गर्छिन् । बुधबार उनी नजिकैको हटियामा ढकिया बेचेर फर्किदै थिइन् । गाउँ नजिकैको खोलामा पुग्दा वडा सचिवले रोकेको र बलजफ्ती समातेर झाडीतिर लगेर बलात्कार गरेको उनले बताएकी छन् ।

उनका अनुसार जबर्जस्ती करणीपछि यादव एक जनालाई मोटरसाइकलमा बोलाएर घर फर्किएका थिए । ती महिला आफ्नो घर पुग्दा वडासचिव उनकै घर पुगेर आफूबाट गल्ती भएको बताए । तर ती महिलाले आफूले प्रहरीलाई जानकारी गराएको बताइन् ।

प्रहरीले बुधबारै राति नै सचिव यादवलाई पक्राउ गरेको छ भने महिलाको स्वास्थ्य जाँच गराएको छ । यादवबिरुद्व जबर्जस्ती करणीको मुद्धामा अनुसन्धान सुरु गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले अनुसन्धान गरिरहँदा यादवका आफन्तले घटना मिलाउन पीडितलाई प्रलोभन देखाउन थालेका छन् ।

आइतबार ढकिया बेच्न बजार गएको बेला आएका दुई जनाले मिल्न दबाव दिएको पीडित महिलाले बताएकी छन् । ‘मिलीहाल । तिमीलाई जे चाहिन्छ, हामी दिन तयार छौं भने’ पीडित महिलाले भनिन्, ‘शुरुमा १० लाख रुपैयाँ दिन्छु भने । त्यसपछि या त १० लाख रुपैयाँ या त १० कठ्ठा खेत दिन्छु भने ।’

यसबाहेक पनि अरु जे चाहिन्छ, त्यो दिने भनेका उनीहरुले धम्की समेत दिएको पीडितले बताएकी छन् । ‘हामी जे भन्छौं, त्यो मानिहाल, नभए ठीक हुँदैन’ भनेर फर्किएको उनले बताइन् । उनले यसबारे परिवारलाई जानकारी गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment