Comments Add Comment

सामसङ ग्यालेक्सी जेड फोल्ड २ को प्रि–बुकिङ्ग, स्मार्टडोकोबाट निःशुल्क डेलिभरी

१९ असोज, काठमाडौँ । लामो प्रतीक्षापछि सामसङ ग्यालेक्सी जेड फोल्ड २ (Samsung Galaxy Z Fold 2) को लागि प्रि–बुकिङ्ग अब स्मार्ट डोकोमा दुई लाख ४९ हजार नौं सय ९९ मा उपलब्ध छ ।

यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ ।

प्रि–बुकिङ्ग गर्दा १९ हजार नौं सय ९९ मूल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाईनेछ र ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सक्नेछन् । सामसङ ग्यालेक्सी जेड फोल्ड २ प्रि–बुक गर्न वेभसाइटमा जान सकिन्छ ।

त्यसैगरी, 9801013311/ 9802002870 मा पनि सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुले पाँच हजार प्रि–बुकिङ्गको लागि भुक्तानी गर्नुपर्ने हुनेछ र बाँकी ह्याण्डसेट पाउने भएपछि भुक्तानी गर्नुपर्ने छ ।

आईएमएस ग्रुपका सिइओ दिकेश मल्होत्राले भने, “अगिल्लो समयहरुमा सामसङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिँदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’

स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको र स्मार्टडोकोले निःशुल्क डेलिभरी गर्ने आईएमएसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment