Comments Add Comment

माछापुच्छ्रे बैंकको २०-२० स्मार्ट योजना

१९ असोज, काठमाडौं । स्थापनाको २० बर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहकल क्षित २०-२० -ट्वेन्टी-ट्वेन्टी)स्मार्ट योजना संचालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा इ-कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिंगबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशतवा बढिमा रु.२०० सम्मको क्यास व्याकअफर प्राप्त गर्न सक्नेछन् ।

बैंकको २० औँ वाषिर्कोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यास व्याकअफरमा सहभागी भई क्यास व्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ ।

कोभिड १९ को जोखिम बढी नै रहेको र चाडबाडको समय नजिकिँदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०-२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment